Оберіть трек для відтворення
तिम्रो आँखाहरूलाई छोपिदेऊ न, फेरि माया बसेला कि
ओठहरूले चुमेका शब्द मुटुमै पर्ला कि
डर लाग्छ मलाई फेरि तिमी कसैको होऔला कि
ऊ तिम्रो आँखामै बसेछ कि? तिम्रो भावना बुझ्नु कसरी? Oh
प्रश्नहरू त धेरै छन्, उत्तर दिने कोही छैन
मलाई अँगाल्नेछौ कि तिमी अरूलाई?
अपरिचित भावना, गुम्सेका कुरालाई खोलिदेऊ
Hmm, नबुझेझैँ बुझेर मनको भाव बुझाइदेऊ
आँखैमा अल्झिएछु कि तिम्रो ओठहरूमा पनि?
मुसुक्क हाँस्छौ तिमी लजाई, त्यो कारण मै हुँ कि अरू कोही?
तिम्रो हातहरूको रेखामा मेरै नाम लेखेछ कि?
प्रश्नहरू त धेरै छन्, उत्तर दिने कोही छैन
मलाई अँगाल्नेछौ कि तिमी अरूलाई?
उत्तरको खोजीमा हिँडेँ, तिम्रो भाका बुझ्न खोजेँ
तिम्रो स्पर्शलाई खोजिरहेँ
तिम्रो आँखाहरूलाई छोपिदेऊ न, फेरि माया बसेला कि
ओठहरूले चुमेका शब्द मुटुमै पर्ला कि