Оберіть трек для відтворення

यो संसार भुलाइदेऊ न
सोधिदेऊ न एकैछिन तिमी मेरो बारेमा
नअल्झाऊ मुटु मेरो भावनाहरूबीचमा
तिमीलाई थाहा छैन, लेख्दै छु म गीत मुटुलाई गुम्साई
यो मुटु अब थामिँदै थामेन
बिरानो, बिरानो सहरमा भौँतारिँदै, हराउँदै, बाटोहरू पछ्याउँदै
के गर्नु? तिमीमै सास अड्केछ
आँखा यो तिमीलाई खोजी भड्केछ
अल्लारे हिँडेर, गाइनेझैँ गाएर
जिन्दगी कुनचाहिँ मोडमा रोकिदिन्छ?
तिमी नै भन न, कहाँ जाऊँ? के गरूँ?
तिमीबिना रङ्गीन संसार फिका लाग्छ
यो आभास मलाई कहिल्यै भएन
यो मोह कस्तो बढ्दै छ, गाँठो यो मुटु खुल्दै छ
यो संसार भुलाइदेऊ न
सोधिदेऊ न एकैछिन तिमी मेरो बारेमा