Оберіть трек для відтворення
देउराली भन्ज्याङ उकाली जाँदा पसिनाको धारो
पसिना पुछ्ने जाले रुमाल मैले साटि आको
थकाई मार्ने चौतारि मा मेरि उनि कान्छि सँग आजै भेट भाको
हो हो रे हो, होहो रे हो
हो हो रे हो, होहो रे हो
अलि अलि राम्रि भैछिन अलि अलि नक्कली
देख्ने बित्तिकै अँगालो हाली खुशी हुन थाली
धेरै दिन भएको थियो भेट घाट नभाको
आज उनलाई भेटियो लौन झल्को मेटियो
हो हो रे हो, होहो रे हो
हो हो रे हो, होहो रे हो
गाजलु को घेरो बनाई बदामी आँखामा
मेरो नाम खोप्दै रैछे चौतारी ढुंगा मा
छाहारी मा बसौँ भनि आज त्यतै गएको
माया पनि आएको रैछ साईत जुरेछ
हो हो रे हो, होहो रे हो
हो हो रे हो, होहो रे हो
देउरालि भन्ज्याङ उकाली जाँदा पसिनाको धारो
पसिना पुछ्ने जाले रुमाल मैले साटि आको
थकाई मार्ने चौतारि मा मेरि उनि कान्छि सँग आजै भेट भाको
हो हो रे हो, होहो रे हो
हो हो रे हो, होहो रे हो...