
माया, मेरो माया तिमी
माया, मेरो माया तिमी
यी नयनमा हेर्छु, तिमीलाई नै देख्छु
मेरो मनमा खोज्छु, तिम्रै आभास भेट्छु
निदाउन खोज्दा सपनी बनी आउँछौ
रमाउन खोज्दा मुस्कान बनी छाउँछौ
तिमी नै छौ यो मनमा, हर धड्कनमा
हराउँछु तिम्रो यादमा हरपल, क्षण म
यी नयनमा हेर्छु, तिमीलाई नै देख्छु
माया, मेरो माया तिमी
माया, मेरो माया तिमी
के जादु गर्यौ नि, खै
भोकनिन्द्रा भागेको छ आज
मायाले हो कि कुन्नि
तिम्रो सामु पर्न लाग्छ लाज
एकचोटि माया छ भनी मुस्कुराई हाँस न
कहिल्यै नछुट्ने गरी मलाई तिम्रो अँगालोमा बाँध न
यी नयनमा हेर्छु, तिमीलाई नै देख्छु
मेरो मनमा खोज्छु, तिम्रै आभास भेट्छु
निदाउन खोज्दा सपनी बनी आउँछौ
रमाउन खोज्दा मुस्कान बनी छाउँछौ
तिमी नै छौ यो मनमा, हर धड्कनमा
हराउँछु तिम्रो यादमा हरपल, क्षण म
यी नयनमा हेर्छु, तिमीलाई नै देख्छु