आ... आ... आ... आ...
तिमी जुन
तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए
सधैँ चोट पायौ
तिमी जुन रहरले, ममा फुल्न आयौ
सबै सुख हराए, सधैँ चोट पायौ
म दुब्दो किनारा
काहाँ हाँस्न सक्नु
व्यर्थै तिमीले मेरो हात समायौ
तिमी जुन रहरले म मा फुल्न आयौ
सबै सुख हराए
सधैँ चोट पायौ
बैशालु ती तिम्रा रहर हरुमा
न मैले कहिले हरियाली कोरें
रक्ताम्य ति तिम्रा अधर हरुमा
न मैले कहिले खुसियाली पोते
र सायद रिसायौ तिमी भित्र भित्रै
न ती प्रीति तिम्रा फुल्दो ले छोए
तिमी जुन रहरले ममा फुल्न आयौ,
सबै सुख हराए
सधैँ चोट पायौ
रुझे हुन् ती तिम्रा पालक र आँखा
मसँग कहिले इसारा नबोल्दै
रूझे हुन् ति तिम्रा यौबन र फाखा
मसँग कहिले निश्वास नखोल्दै
र सायद सराप्यौ सधैँ वैंशलाई
र सुन्यतासंगै बिलाए मजस्तै
तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए
सधैँ चोट पायौ