सडकमा म डुली हिँड्छु
बस्ने ठाउँ छैन, गाउँ छैन, नाउँ छैन
दिनरात मागी हिँड्छु
भोकै सुत्छु, नाङ्गै हिँड्छु, सबको गाली म थाप्छु (ओइ)
सडकमा म डुली हिँड्छु
बस्ने ठाउँ छैन, गाउँ छैन, नाउँ छैन
दिनरात मागी हिँड्छु
भोकै सुत्छु, नाङ्गै हिँड्छु, सबको गाली म थाप्छु
यस धर्तीमा आएँ म तिमीझैँ, किन मलाई हेला गर्छौ यसरी?
भूल के गरेँ मैले? भन न
आमा, कहाँ छौ तिमी मेरो? बुबा, नाम के हो, भन, मेरो?
सब यहाँ बोलाउँछन् मलाई
खाते
खाते
खाते
खाते
नबोलाऊ मलाई
खाते
खाते
खाते
खाते