Оберіть трек для відтворення
पोखिएर घामको झुल्का भरी सँघारमा
तिम्रो जिन्दगीको ढोका खोलूँ-खोलूँ लाग्छ है
खोलूँ-खोलूँ लाग्छ है
सयपत्री फूलसितै फक्री आँगनमा
बतासको भाका टिपी बोलूँ-बोलूँ लाग्छ है
बोलूँ-बोलूँ लाग्छ है
कतिकति आँखाहरू बाटो छेक्न आउँछन्
कतिकति आँखाहरू बाटो छेक्न आउँछन्
परेलीमा बास माग्न कति आँखा धाउँछन्
यति धेरै मानिसका यति धेरै आँखाहरू
मलाई भने तिम्रै आँखा रोजूँ-रोजूँ लाग्छ है
रोजूँ-रोजूँ लाग्छ है
उडूँ-उडूँ लाग्छ किन? प्वाँख कैले पलायो?
उडूँ-उडूँ लाग्छ किन? प्वाँख कैले पलायो?
मनको शान्त तलाउको पानी कसले चलायो?
आफैलाई थाहा छैन, कसलाई थाहा होला?
त्यसैले त तिमीसित सोधूँ-सोधूँ लाग्छ है
सोधूँ-सोधूँ लाग्छ है
पोखिएर घामको झुल्का भरी सँघारमा
तिम्रो जिन्दगीको ढोका खोलूँ-खोलूँ लाग्छ है
खोलूँ-खोलूँ लाग्छ है