Оберіть трек для відтворення
सम्झना त अरूबेला पनि आउँछ
सम्झना त अरूबेला पनि आउँछ
तर बिछोड भएपछिको सम्झनाले किन धेरै सताउँछ, धेरै रुवाउँछ?
धेरै सताउँछ, धेरै रुवाउँछ
सम्झना त अरूबेला पनि आउँछ
मिलनको पर्खाइमा बाँच्नु जति गाह्रो केही हुन्न रैछ
मिलनको पर्खाइमा बाँच्नु जति गाह्रो केही हुन्न रैछ
पीडा बोकी मुटुमा हाँस्नु जति साह्रो केही हुन्न रैछ
फर्किनेको आशा त बाँकी हुँदो रैछ
नफर्किनेको सम्झनाले नै धेरै सताउँछ, धेरै रुवाउँछ
धेरै सताउँछ, धेरै रुवाउँछ
सम्झना त अरूबेला पनि आउँछ
माया गरी आँसु झार्ने धेरै होलान् यहाँ मायालुकै लागि
माया गरी आँसु झार्ने धेरै होलान् यहाँ मायालुकै लागि
कोही नहोस् संसारमा माया गर्दा घाइते म जस्तो अभागी
टाढा भागूँ भने नि डोर्याईडोर्याई ल्याउँछ
भुलिजानेकै सम्झनाले नै धेरै सताउँछ, धेरै रुवाउँछ