Оберіть трек для відтворення
नजुधाऊ ती नयनहरू यी मामूली आँखासँग
नबिसाऊ, भो, ती मनका बह यी कमजोर काँधहरूमा
सामर्थ्य छैन मसँग बन्नलाई तिम्रो सहारा
साहसै छैन मसँग लड्नलाई दुनियाँसँग
मनबाट तिम्लाई चाहेकै हो, सपनीमा सजाएकै हो
पूरा हुन्न सबै चाहना, रहर
तिम्रै खुसीमा म खुसी पाउँला, सम्झनीमै अब जीवन बिताउँला
माया अपुग छ सजाउन संसार
नडराऊ न, नजिक आऊ, यो मन छ तिमीसँग
धड्कन छुटेर हृदयभन्दा पर के रहन सक्छ? भन
अरूको छैन परवाह पाएमा तिम्रो सहारा
छेवैमा तिमी हुन्थ्यौ त दुःख नै मुस्कुराइदिन्छ
घामबिना जून बेकार छ, तिमी भएरै छ मेरो अर्थ
खै, कता जाऊँ तिम्रो बेगर
मरेर जुनी कसरी बिताऊँ, अलगिएर जो एकै आत्मा छ?
मिली सजाउँला, माया, संसार
साइनो यो हाम्रो दुई मुटुबीचको दुनियाँले के बुझ्थ्यो
पीरै नमान, इन्द्रेणी हाम्रो मायाले रङ्गाउँला
मायाले रङ्गाउँला (मायाले रङ्गाउँला)
मायाले रङ्गाउँला
दुनियाँले बुझेन (दुनियाँले बुझेन)
दुनियाँले बुझेन
समाजको रीत कस्तो? अन्त्यमा मायै पराजित भो
कहिल्यै हुन्न नि एक घामजून