Оберіть трек для відтворення
समयसँगै बित्दै छ जिन्दगी मेरो
जोबन अनि उमेर पनि ढल्दै छ मेरो
रोकिएलान् मेरा यी गोडाका डेकहरू
ओइलिएलान् मेरा यी जोश-जाँगरहरू
के हुनेछौ तिमी मेरो बुढेसकालको लाठी?
के हुनेछौ सधैँ मेरो साथ जब पुग्छु म ६०?
समयले तिमीलाई पनि डोऱ्याउनेछ
तिम्रो सुन्दरताले पनि रूप फेर्नेछ
नरहलान् तिम्रा ती सुनकेस्री केशहरू
बदलेलान् तिम्रा ती मस्की हिँड्ने चालहरू
प्रिय, हुनेछु म सधैँ तिम्रो बुढेसकालको लाठी
दिनेछु म सधैँ तिम्रो साथ जब पुग्छौ तिमी ६०
खेल्नेछन् आँगनमा नातिनातिना
ल्याउनेछन् बहारहरू सबै खुशीका
अर्ती अनि उपदेश दिई सक्षम बनाउनेछौँ
भाग्य भए ती दिनहरू सँगै हेर्नेछौँ
के हुनेछौ तिमी मेरो बुढेसकालको लाठी?
के हुनेछौ सधैँ मेरो साथ जब पुग्छु म ६०?
प्रिय, साधारण छन् मेरा यी सपनाहरू
यसरी सजेका छन् हाम्रा आउने दिनहरू
समयको साथसँगै मन बदलिन्छन् रे
साठीमा त मायाको फूलै ओइलिन्छन् रे
भन, के हुनेछौ तिमी मेरो बुढेसकालको लाठी?
के हुनेछौ सधैँ मेरो साथ जब पुग्छु म ६०?
समयसँगै बित्दै छ जिन्दगी मेरो
जोबन अनि उमेर पनि ढल्दै छ मेरो
रोकिएलान् मेरा यी गोडाका डेकहरू
ओइलिएलान् मेरा यी जोश-जाँगरहरू
के हुनेछौ तिमी मेरो बुढेसकालको लाठी?
के हुनेछौ सधैँ मेरो साथ जब पुग्छु म ६०?