Оберіть трек для відтворення

Сингл / Трек
चाहन्छु मेरो नाम तिम्रो नामसँग जोडोस्
चाहन्छु अबको यात्रा तिम्रो आँगनमा टुङ्गोस्
जिन्दगीमा मलाई यति भए पुग्छ
एकबारको जुनी माया पाए चल्छ
चाहन्छु मेरो नाम तिम्रो नामसँग जोडोस्
कोरिएको के छ भाग्यमा, त्यो त थाहा भएन
सोचेको पुग्छ-पुग्दैन, त्यो नि थाहा भएन
चाहन्छु तैपनि तिम्रो भाग्यसँग मेरो नि जोडोस्
चाहन्छु अबको यात्रा तिम्रो आँगनमा टुङ्गोस्
मनमा के छ तिम्रो, त्यो त थाहा भएन
अरू नै कोही छ कि तिम्रो, त्यो नि थाहा भएन
चाहन्छु तैपनि तिम्रो मनसँगै मेरो नि जोडोस्
चाहन्छु अबको यात्रा तिम्रो आँगनमा टुङ्गोस्