Оберіть трек для відтворення
मलाई नसोध, "कहाँ दुख्छ घाउ?"
मलाई नसोध, "कहाँ दुख्छ घाउ?"
म जे छु ठिकै छु, बिथोल्न नआऊ
मलाई नसोध, "कहाँ दुख्छ घाउ?"
मेरो जिन्दगीमा सधैँ यो उदासी
सकेकै छु जिउन कहिल्यै नहाँसी
मेरो चाहना, हो, तिमी हाँसे पुग्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
त्यसैले म भन्छु, "तिमी मुस्कुराऊ"
मलाई नसोध, "कहाँ दुख्छ घाउ?"
कतै बिरानीमा हराएँ भने म
कतै बेहोसीमा कराएँ भने म
मेरो प्राप्ति त्यही, यति ठाने पुग्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
अँध्यारोमै छोड दियो, नजलाऊ
मलाई नसोध, "कहाँ दुख्छ घाउ?"
मलाई नसोध, "कहाँ दुख्छ घाउ?"