Оберіть трек для відтворення
(ला-ला-ला-ला, hmm)
(ला-ला-ला-ला, hmm)
पाल्पाली ढाकाको चौबन्दी चोली
छिटको गुन्यु, सिरमा रिबन चट्ट, मायालु
चट्ट मायालु, चट्ट मायालु
छिटको गुन्यु, सिरमा रिबन चट्ट, मायालु
छिटको गुन्यु, सिरमा रिबन चट्ट, मायालु
बिन्ती मेरो लागे त, त्यही मोरीले मागे त
सुम्पिएरै दिन्थेँ जोबन चट्ट, मायालु
चट्ट, मायालु, चट्ट, मायालु
सुम्पिएरै दिन्थेँ जोबन चट्ट, मायालु
सुम्पिएरै दिन्थेँ जोबन चट्ट, मायालु
साँझको बेला छुटेर मेला यही बाटो आउँछे नि दिनदिनै
साँझको बेला छुटेर मेला यही बाटो आउँछे नि दिनदिनै
मोहनी हो कि नाकैको फुली? झझल्को लाउँछे नि छिनछिनै
झझल्को लाउँछे नि छिनछिनै
पाल्पाली ढाकाको चौबन्दी चोली
छिटको गुन्यु, सिरमा रिबन चट्ट, मायालु
चट्ट, मायालु, चट्ट, मायालु
छिटको गुन्यु, सिरमा रिबन चट्ट, मायालु
छिटको गुन्यु, सिरमा रिबन चट्ट, मायालु
(ला-ला, ला-ला, ला-ला-ला-ला-ला)
(ला-ला, ला-ला, ला-ला-ला-ला-ला)
(हो-हो, हो-हो-हो)
बोले नि हुन्थ्यो एक वचन मीठो फूल फुले जसरी हाँसेर
बोले नि हुन्थ्यो एक वचन मीठो फूल फुले जसरी हाँसेर
मरेर लानु के छ र, सानु? गुन लाइदेऊ पिरती गाँसेर
गुन लाइदेऊ पिरती गाँसेर
पाल्पाली ढाकाको चौबन्दी चोली
छिटको गुन्यु, सिरमा रिबन चट्ट, मायालु
चट्ट, मायालु, चट्ट, मायालु
छिटको गुन्यु, सिरमा रिबन चट्ट, मायालु
छिटको गुन्यु, सिरमा रिबन चट्ट, मायालु
बिन्ती मेरो लागे त, त्यही मोरीले मागे त
सुम्पिएरै दिन्थेँ जोबन चट्ट, मायालु
चट्ट, मायालु, चट्ट, मायालु
सुम्पिएरै दिन्थेँ जोबन चट्ट, मायालु
सुम्पिएरै दिन्थेँ जोबन चट्ट, मायालु