साँझको बेला, रमाइलो मेला, घुम्न हिँडेको बेला
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई?
पिरतीले मेरो तान्यो कि कान्छा आज तिम्लाई मैतिर?
मायामोह
यसरी नै लाने भो
सँगाली राखेछु मनमा धेरै कुरा
कसरी भनूँ, कसरी पोखूँ मनको कुरा?
जसरी नि आउने छु कान्छा तिम्लाई भेट्न म त
मायामोह
यसरी नै लाने भो
डाँडैमा बसी परको गाउँलाई हेर्दा
लाग्छ मलाई तिम्ले पनि सम्झिँदै होला
झुलेको बाला, पिरतीको माला तिम्रो मनमा पनि होला
मायामोह
यसरी नै लाने भो
साँझको बेला, रमाइलो मेला, घुम्न हिँडेको बेला
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई?
साँझको बेला, रमाइलो मेला, घुम्न हिँडेको बेला
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई?