Оберіть трек для відтворення
पर्खाइमै जुनी बित्यो, हो
पर्खाइमै जुनी बित्यो, फर्की तिमी आएनौ
पर्खाइमै जुनी बित्यो, फर्की तिमी आएनौ
भुल्यौ, कि त फुल्यौ अन्तै, कि त बाटै पाएनौ
भुल्यौ, कि त फुल्यौ अन्तै, कि त बाटै पाएनौ
पर्खाइमै जुनी बित्यो
तिम्रो बाटो हेर्दाहेर्दै आँखा समेत थाके
तिम्रो बाटो हेर्दाहेर्दै आँखा समेत थाके
छिटै आइदेऊ भनी मैले ईश्वरलाई भाकेँ
ईश्वरलाई भाकेँ
गैरी खेत साहुले, हो
गैरी खेत साहुले उसकै नाममा सार्यो
बस्यौ तिमी मुगलानैमा, मलाई जिउँदै मार्यौ
बस्यौ तिमी मुगलानैमा, मलाई जिउँदै मार्यौ
पर्खाइमै जुनी बित्यो
तिम्रै नाममा बाँचिराछु घरबार हेरी
तिम्रै नाममा बाँचिराछु घरबार हेरी
बूढी आमा, छोराछोरी सोध्छन् घरीघरी
सोध्छन् घरीघरी
चाहिँदैन धनसम्पत्ति, हो
चाहिँदैन धनसम्पत्ति, फर्की चाँडै आउनू ल
खाउँला बरु ढिँडो-सिस्नु, दुःखसुख बाँचुँला