Оберіть трек для відтворення
यसैगरी बिताई दिन्छु, दुई दिनको जिन्दगी
हाँसो म लुटाई दिन्छु, आफू आँसुमा डुबि
यसै गरि बिताई दिन्छु, दुई दिनको जिन्दगी
भिँड छ, म भिँडमा आफुलाई बिलाई दिन्छु
बिर्सी दिन्छु आफुलाई, खोज, म हराई दिन्छु
भिँड छ, म भिँडमा आफुलाई बिलाई दिन्छु
बिर्सी दिन्छु आफुलाई, खोज, म हराई दिन्छु
कि त लुकि यतै-कतै रोइदिन्छु सुस्तरी
हाँसो म लुटाई दिन्छु, आफू आँसुमा डुबि
यसै गरि बिताई दिन्छु, दुई दिनको जिन्दगी
च्याती दिन्छु आफूलाई, बाली दिन्छु साँझमा
फाली दिन्छु आफुलाई दिनहरुको माझमा
च्याती दिन्छु आफूलाई, बाली दिन्छु साँझमा
फाली दिन्छु आफुलाई दिनहरुको माझमा
गाई दिन्छु गित आफ्नो आफैलाई नै पिई
हाँसो म लुटाई दिन्छु, आफू आँसुमा डुबि
यसै गरि बिताई दिन्छु, दुई दिनको जिन्दगी