Оберіть трек для відтворення
तिमीलाई माया दिनु कति? दिएकै थेँ अट्नेजति, हो
तिमीलाई माया दिनु कति? दिएकै थेँ अट्नेजति
नभन्नू है मलाई दोषी फेरि
बाँध्न नजान्दा, छेक्न नजान्दा, समयमै होस् नपुऱ्याउँदा
फुट्ला है मायाको बाँध कोशीसरि
फुट्ला है मायाको बाँध कोशीसरि
मायाप्रेमको खेल त सबैले नै खेल्छन्
कोही पाउँछन् सुखैसुख, कोही दुःख झेल्छन्
हो, मायाप्रेमको खेल त सबैले नै खेल्छन्
कोही पाउँछन् सुखैसुख, कोही दुःख झेल्छन्
आँसु दिने दैवले पनि एकचोटि त पक्कै हँसाउला
आँसु दिने दैवले पनि एकचोटि त पक्कै हँसाउला
नभन्नू है मलाई दोषी फेरि
बाँध्न नजान्दा, छेक्न नजान्दा, समयमै होस् नपुऱ्याउँदा
फुट्ला है मायाको बाँध कोशीसरि
फुट्ला है मायाको बाँध कोशीसरि
समयको भेल त सबैलाई आउँछ
कसैलाई पारि तार्छ, कसैलाई बगाउँछ
हो, समयको भेल त सबैलाई आउँछ
कसैलाई पारि तार्छ, कसैलाई बगाउँछ
समयलाई बुझ्ने हाँस्छन् है, नबुझ्नेलाई सधैँ रुवाउँछ