Оберіть трек для відтворення

तिमी झरी बनी परिरह्यौ, म रुझिरहेँ
एक्लै म भिज्दैभिज्दै त्यसै हिँडिरहेँ
तिमी झरी बनी परिरह्यौ, म रुझिरहेँ
एक्लै म भिज्दैभिज्दै त्यसै हिँडिरहेँ
तिमी बर्सिँदाबर्सिँदै कहाँ म ओत लाग्थेँ?
तिमीलाई छाडेर त्यसै कहाँ म घाम माग्थेँ
तिमी बर्सिँदाबर्सिँदै कहाँ म ओत लाग्थेँ?
तिमीलाई छाडेर त्यसै कहाँ म घाम माग्थेँ
तिमी झरी बनी परिरह्यौ, म रुझिरहेँ
एक्लै म भिज्दैभिज्दै त्यसै हिँडिरहेँ
बर्सातको मधुर सङ्गीतमा तिमीलाई सुनिरहेँ
एक्लै म भिज्दैभिज्दै त्यसै हिँडिरहेँ
केही बेर अरू झरीमा रमाउन म चाहन्थेँ
तिमीमा म अझै कति हराउन चाहन्थेँ
तिमी झरी बनी परिरह्यौ, म रुझिरहेँ
एक्लै म भिज्दैभिज्दै त्यसै हिँडिरहेँ
तिमी झरी बनी परिरह्यौ, म रुझिरहेँ
एक्लै म भिज्दैभिज्दै त्यसै हिँडिरहेँ